[go: up one dir, main page]

Gmail

विज्ञापनहरू समावेश गर्दछ
४.२
१.३ करोड समीक्षाहरू
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

तपाईंको Android फोन वा ट्याब्लेटमा चलाउन सकिने Gmail को आधिकारिक एपमा तत्काल सूचना पठाउने सुविधा, एकभन्दा बढी खाता प्रयोग गर्ने सुविधा र तपाईंको जुनसुकै मेलमा भएका कुरा खोज्ने सुविधालगायतका Gmail का उत्कृष्ट सुविधाका साथसाथै भरपर्दो सुरक्षा संयन्त्र उपलब्ध छ। तपाईं उत्पादनशील रहन र आफ्नो नाडीमा बाँधिएको स्मार्ट वाच प्रयोग गरी इमेलहरू व्यवस्थापन गर्न सक्नुहोस् भन्नाका लागि Wear OS मा पनि Gmail उपलब्ध भएको छ।

तपाईं Gmail एप प्रयोग गरी निम्न कार्य गर्न सक्नुहुन्छ:
• ९९.९ प्रतिशतभन्दा बढी स्प्याम, फिसिङ, मालवेयर र हानिकारक लिंकहरू तपाईंको इनबक्समा आइपुग्नुअघि नै स्वतः ब्लक गर्न
• लाजलाग्दो गल्तीबाट जोगिन इमेल पठाउने कार्य अन्डू गर्न
• अरूसँग सम्पर्क गर्न, सिर्जना गर्न र सहकार्य गर्नका निम्ति Google Chat अन गर्न
• मान्छे, शीर्षक र प्रोजेक्टहरू व्यवस्थापन गर्ने कार्यका लागि निर्धारित ठाउँ "स्पेस" मा समूह बनाएर अझ धेरै कार्यहरू पूरा गर्न
• Google Meet प्रयोग गरी उच्च गुणस्तरको भिडियो कल गर्न
• स्मार्ट जवाफसम्बन्धी सुझावहरू प्रयोग गरी तुरुन्तै इमेलहरूको जवाफ दिन
• एकभन्दा बढी खाताहरू प्रयोग गर्न
• सजिलैसँग फाइलहरू एट्याच तथा सेयर गर्न
• नयाँ मेल प्राप्त हुँदा सूचना केन्द्र, ब्याज र लक स्क्रिनसम्बन्धी विकल्पहरूसहित तत्काल सूचना प्राप्त गर्न
• तुरुन्तै परिणामहरू देखाउने, तपाईंले टाइप गर्दा गर्दै तपाईंले लेख्न खोज्नुभएको कुरा पूर्वानुमान गर्ने र हिज्जेसम्बन्धी सुझाव दिने सुविधाका सहायताले आफ्नो मेलमा भएका कुरा अझ छिटो खोज्न
• मेलमा लेबल हालेर, मेल ताराङ्कित गरेर, मेटाएर वा स्प्यामका बारेमा रिपोर्ट गरेर आफ्ना मेल व्यवस्थित गर्न
• आफ्नो इनबक्स तुरुन्तै खाली गर्नका निम्ति स्वाइप गरेर मेललाई अभिलेखमा राख्न/मेटाउन
• थ्रेडमा समावेश गरिएका वार्तालापसहित आफ्नो मेल पढ्न
• तपाईंको Google Contacts वा फोनमा भएको कन्ट्याक्ट लिस्टबाट प्राप्त गरिएको जानकारीका आधारमा तपाईंले कन्ट्याक्ट लिस्टमा भएका कुनै व्यक्तिको नाम टाइप गर्दा गर्दै सो नाम स्वतः पूरा गर्न
• Google पात्रोमा प्राप्त भएका निम्तोहरूको जवाफ Gmail एपबाटै दिन
• आफूले प्राप्त गरेका इमेलहरूको संक्षिप्त जानकारी प्राप्त गर्न Wear OS चल्ने आफ्नो स्मार्टवाचमा Gmail अतिरिक्त सूचक र टाइल हाल्न

Gmail पनि Google Workspace कै भाग हो र तपाईं र तपाईंको टोलीका सदस्य Gmail प्रयोग गरी एक अर्कासँग सजिलै सम्पर्क गर्न, सिर्जना गर्न र सहकार्य गर्न सक्नुहुन्छ। तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:
• Gmail बाट नबाहिरिकन Google Meet वा Google Chat मार्फत आफ्ना सहकर्मीसँग सम्पर्क गर्न, पात्रोमा निम्तो पठाउन, आफ्नो कार्य सूचीमा कुनै कार्य थप्न र अन्य कार्य गर्न
• तपाईं आफ्नो समय अझ प्रभावकारी ढङ्गले सदुपयोग गर्न सक्नुहोस् भन्नाका लागि तपाईंलाई कामका बारेमा निरन्तर रूपमा जानकार रहन र सामान्य कार्यहरू गर्न सघाउने स्मार्ट जवाफ, स्मार्ट कम्पोज, व्याकरणसम्बन्धी सुझाव र रिमाइन्डरलगायतका सिफारिस गरिएका कुराहरू प्रयोग गर्न
• सुरक्षित रहन। हाम्रा मेसिन लर्निङ मोडेलहरूले ९९.९% भन्दा बढी स्प्याम, फिसिङ र मालवेयर प्रयोगकर्ताहरूको इनबक्समा पुग्नुअघि नै ब्लक गर्छन्

Google Workspace का बारेमा थप जान्नुहोस्: https://workspace.google.com/products/gmail/

यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न हामीलाई फलो गर्नुहोस्:
Twitter: https://twitter.com/googleworkspace
LinkedIn: https://www.linkedin.com/showcase/googleworkspace
Facebook: https://www.facebook.com/googleworkspace/
मा अपडेट गरिएको
२०२४ अप्रिल २९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 10 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.२
१.२४ करोड समीक्षाहरू
GUNAWAN GHUNZ
२०२३ अक्टोबर ६
MANTAP MEN
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Kapil Budha
२०२३ सेप्टेम्बर १७
Dil Bahadur
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Debendra Pariyar
२०२३ अप्रिल १८
Very nice app
८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

Google Workspace कै भागका रूपमा रहेको Gmail मार्फत महत्त्वपूर्ण कामहरूका बारेमा निरन्तर रूपमा जानकार रहनुहोस्। तपाईं Gmail मार्फत सुरक्षित रूपमा इमेल पठाउन र प्राप्त गर्न सक्नुहुन्छ। यो Gmail को मुख्य सुविधा हो। यसका साथै, तपाईं Gmail बाटै च्याट गर्न, स्पेसमा समूह बनाएर सो समूहका सदस्यसँग सहकार्य गर्न वा भ्वाइस वा भिडियो कल गर्न सक्नुहुन्छ।